भीमदत्तनगर, ५ माघ । सिँचाइमन्त्री दीपक गिरीले हालसम्म बाह्रै महिना २० प्रतिशत मात्रै कृषिजन्य भूमिमा सिँचाइको सुविधा रहेको बताउनुभएको छ ।
भारत सरकारको सहयोगमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहरामा निर्मित स्यालो ट्युबेल सिँचाइ प्रणालीको आज उद्घाटन गर्दै उहाँले कृषिजन्य भूमिमा हरेक समय सिँचाइको व्यवस्था गर्न रु दुई खर्ब लगानी आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले सुदूरपश्चिममा नेपाल र भारत सरकारको संयुक्त लगानीमा पञ्चेश्वर जलविद्युत् परियोजनाको काम अघि बढिरहेको जानकारी गराउँदैै पञ्चेश्वर परियोजना बने बिजुलीसँगै यहाँ सिँचाइका लागि पनि सहज हुने बताउनुभयो । रासस
No comments:
Post a Comment