Tuesday, January 3, 2017

उन्नाइस हजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, १९ पुस । उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक हजार चार सय ७७ अन्य रहेका छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान भए पनि कतिपय निकायका कर्मचारीले अटेर गरेको पाइएको केन्द्रले जनाएको छ । समयभित्रै चार लाख १२ हजार आठ सय एक र समय बितेपछि दुई हजार सात सय दुई जनाले सम्पति विवरण बुझाएको केन्द्रले जनाएको छ ।

यसरी समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरिने केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts