Friday, February 10, 2017

चाँडो निर्वाचनको मिति घोषणा नगरेमा सरकारको औचित्य समाप्त हुन्छ : नेता रावल

काठमाडौँ, २८ माघ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले निर्वाचनको मिति चाँडो घोषणा नगरेमा सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयन गरी मुलुकमा प्राप्त भएका उपलब्धि जोगाउन निर्वाचनको खाँचो रहेको छ भन्नुभयो ।

उपाध्यक्ष रावलले भन्नुभयो– “देशमा उत्पन्न समस्या समाधानका लागि सरकार संवेदनशील छैन, संविधान संशोधन देश र जनताको हितमा हुनेगरी गर्न सकिन्छ तर सरकारले दर्ता गराएको संशोधनको प्रस्ताव देश र जनताको हितमा छैन् ।”

देशमा विद्यमान समस्या तथा राजनीतिक अन्योलता अन्त्य गर्नका लागि सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि आफ्नो दलले विभिन्न दलसँग सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपाध्यक्ष रावलले मुलुकमा स्थायित्व कायम गर्नका लागि आफ्नो दलले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउँदै संविधान संशोधन हुन नसकेको अवस्थामा निर्वाचन गरी मुलुकलाई निकास दिनका लागि मधेसी मोर्चासँग पनि छलफल भइरहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts