Thursday, February 9, 2017

लालुपातेको अपार सफलतापछि गायक जोहेवको ‘भ्यालेण्टाईन’ गीत सार्वजनिक


केही समयअघि मात्र लालुपाते बोलको एलबम मार्फत आफ्नो सफलतालाई चुल्याउन सफल गायक जोहेव मानन्धरले पुनः अर्को गीत ‘भ्यालेण्टाईन’ सार्वजनिक गरेका छन् ।
गीत संगीतको क्षेत्रमा निरन्तरता दिन कठिन भएको चर्चा चलिरहँदा नेपाली गीत संगीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागि रहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले भ्यालेण्टाई दिवसको पूर्व सन्ध्यामा उक्त गीत सार्वजनिक गरेका हुन् ।


नेपाली गीत संगीतको क्षेत्रमा आफ्नै शैली र छुट्टै पहिचान बोकेर चर्चा कमाउँदै अगाडि बढिरहेका यिनै चर्चित गायक बेला बेलामा मीठो गीत पस्केर श्रोताहरुलाई मन्त्रमुग्ध पार्न सफल भएका छन् । भ्यालेण्टाईन डेको अवसर पारेर उनले ‘will u be my valentine?’ बोलको भिडियो गीत सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता दाहालसँग जोहेबको युगल स्वर सुन्न सकिन्छ । सुनिता दाहाल छोटो समयमा नै नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल गायिकाको रुपमा चिनिएकी छिन् । उनको हिँड्दा हिँड्दै बोलको पहिलो गीत नै धेरै श्रोताहरुले रुचाइएको गीत थियो । शाश्त्रीय संगीत कि विद्यार्थी सुनिताको स्वरमा मिठास पाइन्छ । भ्यालेण्टाईन डेको यस गीतमा पनि जोहेब र सुनिताको स्वरमा राम्रो कम्बिनेसन देखिएको छ । गायक जोहेबको नै शब्द र संगीत रहेको यस गीतमा राजु सबक र रचिता क्षेत्रीको अभिनय रहेको छ भने अहिलेका चर्चित भिडियो मेकर पासाड. योञ्जन लामाले निर्देशन गरेका छन् । त्यसैगरी गीतको भिडियोमा ज्ञानेन्द्र शर्माले क्यमेरामा र प्रवीन श्रेष्ठले इडिटिड.मा साथ दिएका छन् ।
गायक जोहेबका अन्य गीतहरुमा झैं यस गीतमा पनि एरेञ्जरको काम सन्दिप कार्कीले नै गरेका छन् । अत्यन्त मीठो शब्द संगीत अनि एरेञ्जमेण्टका साथै व्यवसायिक स्तरको भिडियो मेकिड.ले गर्दा गीतलाई सुनमा सुगन्ध थपिएको मान्न सकिन्छ । गीतका केही दृष्यहरुमा गायक जोहेब र गायिका सुनिताको पनि अभिनय देख्न पाइन्छ । नेपाली गीत संगीतको क्षेत्रमा बिरलै मात्र प्रयोगमा आएको भ्यालेण्टाइन डे सम्बन्धी यस गीतले थुप्रै श्रोताको मन जित्न सक्ने प्रबल सम्भावना रहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts