तस्रो एकिकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् ।
प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकिकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमति नै बस्तीमा पुगेको उनीहरुले बताएका छन् । व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाई छ ।
प्रगाढ प्रेमकै कारण सामाजीक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्का प्रतिको विश्वास भए असम्भव केहि नभएको बताएका छन् । पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताएका छन् । मुसहरहरुको माझमा रहेर उनीहरुको दुख पिडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताएकी छिन् ।
मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।
Tuesday, February 14, 2017
धुर्मुस सुन्तलीले मुसहर बस्तीमा यसरी मनाए भ्यालेन्टाइन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment