Monday, February 13, 2017

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस

काठमाडौ, ३ फागुन । आज फेबु्रअरी १४, पे्रम÷प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे ।
मायापे्रम साटासाट गर्दै विश्वभर भ्यालेन्टाइन डे को रुपमा मनाईंदैछ । नेपालमा पनि युवाहरुले आफ्ना पे्रमीपे्रमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्दछन् भने विवाहित दम्पत्तिले पनि यो दिन उपहार दिने तथा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ ।
विभिन्न ठाउँमा सांगितीक मनोरञ्जनहरु पनि हुने गरेका छन् । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts