काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गरिँदै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका वरिष्ठ सहायक न्हुछेराज बज्राचार्य र अञ्चल कार्यालय महेन्द्रनगरका कार्यालय सहयोगी सागुरसिंह रानालाई प्रदान गर्ने भएको छ ।
रासस केन्द्रीय कार्यालय समाचार सम्पादन शाखामा कार्यरत बज्राचार्य २०३९ सालदेखि र अञ्चल कार्यालयमा कार्यरत राना २०४६ सालमा राससमा प्रवेश गर्नुभएको थियो ।
सङ्गठनको मङ्गलबार बसेको बैठकले उहाँहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ रहेको छ । यही फागुन ७ गते राससको ५५औँ वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
राससका पूर्वव्यवस्थापक स्व आदित्यध्वज जोशीका नामबाट २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, कृष्णप्रसाद शर्मा, मदन गौतम, शम्भूप्रसाद यादव, रमेश मिश्र, पवित्रा गुरुङ, भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मङ्गलबहादुर जलाहारी सम्मानित भइसक्नुभएको छ । रासस
No comments:
Post a Comment