काठमाडौँ, ४ फागुन । राष्ट्रिय सूचना आयोग र बङ्गलादेशको सूचना आयोगबीच सहयोग आदानप्रदानसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा र बङ्गलादेशका सूचना आयोगका प्रमुख आयुक्त प्रा डा मोम्मद गोलम रहमानले ढाकामा हस्ताक्षर गर्नुभएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुई देशका आयोगसम्बद्ध उच्च पदाधिकारीले नियमित रूपमा भेटघाट गर्ने, आपसी विज्ञता, अनुभव र मानव संसाधन विकाससम्बन्धी सहयोगको आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
सो समझदारी पाँच वर्षसम्म कायम रहनेछ । रासस
No comments:
Post a Comment