Wednesday, February 8, 2017

स्ववियुमा पूर्ण समानुपातिक प्रणाली लागू गर्न माग

काठमाडौँ, २६ माघ । विभिन्न साना दलनिकट सात विद्यार्थी सङ्गठनले आशन्न स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्न माग गरेका छन् ।

ती सङ्गठनले त्रिभुवन विश्वविद्यालयको निर्वाचन प्रणाली, सिनेटमा भइरहेको ‘सिण्डकेट’ को खारेजी, फर्जी विद्यार्थी भर्ना रद्दबारे आफूहरुले यही माघ २१ गते बुझाएको ज्ञापनपत्रको सुनुवाई नभएकाले निर्वाचनको उचित वातावरण नभएको जनाएका हुन् । आगामी फागुन १४ गते स्ववियु निर्वाचन तोकिएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी सङ्गठन, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, अखिल (क्रान्तिकारी), राष्ट्रवादी विद्यार्थी सङ्घले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी सो माग गरेका हुन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts