काठमाडौं,
सरकारद्धारा ओमनका लागि नेपाली राजदूतमा सिफारिश शर्मिला पराजुली ढकालले आफू अहिलेसम्मै कुनै पनि म्यानपावर व्यवसायमा संलग्न नरहेको स्पष्ट पारेकी छिन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पराजुलीले राजदूत सिफारिश भए लगत्तै आफू म्यानपावर व्यवसायमा संलग्न भएको खबर सार्वजनिक भएको कुरामा कुनै सत्यता नभएको स्पष्ट पारिन्। उनले भनिन्,‘यो खबरले म अत्यन्तै मर्माहत भएकी छु, मेरो कुनै म्यानपावरमा संलग्नता छैन्।’
पराजुलीद्धारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ,‘सर्वप्रथम नेपाल सरकार र राजनीतिक दलहरुप्रति मेरो क्षमतामाथि विश्वास गरेर ओमानको राजदूतमा सिफारिस गरेकोमा आभार प्रकट गर्न चाहन्छु, एउटा नेपाली नागरिकका नाताले सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतले ममाथि गरेको विश्वासमा खरो उत्रिने वाचा गर्न चाहन्छु।’
उनले आफूलाई मलेसियाबाट डिपोर्ट गरिएको भनेर समेत समाचार आएकोमा खेद व्यक्त गर्दै भनिन्,‘मेरो पासपोर्ट हेर्न सक्नुहुन्छ, यो गलत कुरा हो, हुन त मिडियाका साथीहरुले म सँग आएर मेरो बारेमा केही सोधिदिए हुन्थ्यो भन्ने मलाई लागेको थियो, तर आउनुभएन्, म उहाँहरुलाई पनि दोष दिन चाहन्न, म सँधै आफ्नो बारेमा मिडियालाई बताउन चाहन्छु।’
उनले आफूले कहिल्यैपनि व्यक्तिगत स्वार्थ र फाईदाको लागि काम नगर्ने वाचा गर्दै भनिन्,‘म ओमनमा महिला दिदि बहीनीहरु धेरै हुनुहुन्छ, उहाँहरुको अभिभावकको रुपमा काम गर्नेछु, मनोवैज्ञानिक रुपमा उहाँहरुको समस्या नजिकबाट बुझ्ने काम गर्नेछु।’
उनले संयुक्त अरब इमिरेट्समा अध्ययन तथा व्यावसाय गर्दै आएको आफूमाथि राज्यले गरेको विश्वासमा खरो उत्रिने प्रतिबद्धता व्यक्त गर्दै भनिन्,‘मैले संयुक्त अरब इमिरेट्सको दुबईमा बसेर अध्ययनका साथै कस्मेटिक्स व्यावसाय गरिरहेकी थिएँ, दुबईको ओलङगुन विश्वविद्यालयमा मैले बिजनेश स्टडिजमा अध्ययनरत छु । सँगै त्रिभुवन विश्वविद्यालयबाट पनि मैले अंग्रेजीमा स्नाकोत्तर गरेकी हुँ । अहिले म बेद र बाइबलमा केन्द्रित रही नेपाल संस्कृत विश्वविद्यालयबाट महिला सुरक्षा विषयमा विद्यावारिधी गरिरहेकी छु।’
उनले लोकतान्त्रिक मुलुकमा कुनै पनि सार्वजनिक महत्वको विषयमा चर्चा परिचर्चा हुनु स्वभाविक भएको बताउँदै भनेकी छिन,‘सरकारको राजदूत नियुक्तिका लागि सिफारिस भएपछि यस विषयमा पनि चर्चा परिचर्चा हुनु स्वभाविक हो । मैले यसलाई स्वभाविक रुपमा लिएकी छु, त्यसैले मेरा वारे पनि भएका चर्चा परिचर्चालाई मैले अन्यथा लिएकी छैन । यस विषयमा केही कुरा प्रष्ट पार्नु राज्यले विश्वास गरेको एउटा जिम्मेवार नागरिक भएका नाताले मेरो पनि दायित्व हो । यही दायित्वबोधका कारण मैले यहाँहरुलाई आज निम्त्याएकी हुँ।’
उनले आफ्नो व्यावसाय कस्मेटिक्सवाहेक अरु केही पनि नभएको जिकिर गरेकी छिन्। उनले अघि थपिन्,‘हाललाई म त्यो व्यावसायमा पनि छैन । अहिले म नितान्त रुमपा अध्ययन र समाजसेवामा समर्पित भएर लागेकी छु, ९ महिनाअघि अघिल्लो सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि मलाई सिफारिस गरेपछि गर्दै आएको व्यावसायबाट अलग भइसकेकी छु, मेरा वारेमा चलेका चर्चाहरुवारे प्रष्ट पार्नुपर्दा म कुनै पनि म्यानपावर व्यावसायमा संलग्न छैन र थिइन, मलाई मलेसियाले २००६ मा डिपोर्ट गरेको भन्ने चर्चामा कुनै सत्यता छैन, जोसुकैले मेरो राहदानी अध्ययन पनि गर्न सक्नुहुनेछ । वा मलेसियन राजदुतावासमार्फत पनि बुझ्न सक्नुहुनेछ।’
उनले कुटनीतिक अनुभवका आधारमा नै सरकारले आफूलाई राजदुत नियुक्तिको सिफारिस गरेको विश्वास व्यक्त गरिन्। उनले अघि भनिन्,‘यसअघि बहराइन र नेपाल सरकारबीच श्रम सम्झौता गर्न मेरो भुमिका महत्वपूर्ण थियो, मध्यपूर्वमा श्रम गरिरहेका नेपालीहरुको समस्या समाधान तथा दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल दुबई चेम्बर अफ कमर्सको उपाध्यक्षको हैसियतले निरन्तर कार्यरत छु, सरकारले मेरा यस्तै योगदान, वैदेशीक विज्ञता, कुटनीतिक अनुभवको कदर गर्दै ओमानका लागि राजदूत नियुक्तिको लागि सिफारिस गरेको हो, दुबईमा वसेर अध्ययन र व्यावसाय गरे पनि मैले छिमेकको ओमानमा अहिलेसम्म भ्रमणको समय जुटाउन सकेकी छैन।’
Sunday, February 26, 2017
म कुनै पनि म्यानपावर व्यवसायमा संलग्न छैन-ओमनका लागि सिफारिश नेपाली राजदूत शर्मिला पराजुली ढकाल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment