Wednesday, February 15, 2017

पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र पूर्वाञ्चल विजयी

ताप्लेजुङ, ४ फागुन । ताप्लेजुङमा मङ्गलबारदेखि सुरु भएको दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लब र पूर्वाञ्चल क्षेत्रीय टिम विजयी भएका छन् ।

दुई विभागीय टिम पुलिस र एपिएफबीच भएको पहिलो खेलमा पुलिसले २६–२४, २५–१७ र २५–११ को सोझो सेटमा हराएको हो ।

यता पूर्वाञ्चलले मध्यमाञ्चललाई भने ३–२ को सेटमा हराएको छ । २५–१३, २७–२५, २२–२५, २०–२५ र १५–८ ले पूर्वाञ्चल विजयी भएको हो । अहिलेसम्म ६ अङ्क जोड्दै पुलिस शीर्षस्थानमा रहेको छ भने आर्मी ३ अङ्कका साथ दोस्रो स्थानमा छ ।

यस्तै बिहीबार बिहान ११ बजे हुने पहिलो खेलमा पूर्वाञ्चल र आर्मी तथा दिउँसो १ बजे हुने खेलमा मध्यमाञ्चल र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा तीन विभागीय टिमसहित पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल सहभागी छन् ।

प्रतियोगिताका विजेतालाई रु तीन लाख ३० हजार र उपविजेतालाई रु एक लाख ६५ हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । खेल पर्यटनका माध्यमबाट जिल्लालाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिता फागुन ७ गते सम्पन्न हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts