Friday, February 17, 2017

स्वीट्जरल्याण्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको महिला समितिले एक कार्यक्रम गरी १०७ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने भएको छ ।
‘परिवर्तनका लागि साहसी बनौं’ भन्ने मूल नाराका साथ आगामी मार्च ११ तारिखका दिन स्वीट्जरल्याण्डको अर्गाउमा मनाउन लागिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत महामयिम दिपक धिताल रहनु हुनेछ भने विशिष्ठ अतिथिमा विन्दू स्टाइनमेन पाण्डे, एनआरएनए महिला समिति यूएई कि संयोजक कल्पना राई तथा अतिथिहरुमा स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुखस्टुल, एनआरएनए स्वीट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुंग, आईसिसी सदस्य डा. विनय श्रेष्ठ रहनेछन् ।
आकर्षक सांगितिक कार्यक्रमका साथ अन्य विविध कार्यक्रम तथा अन्त्यमा रात्रिभोज समेतको आयोजना गरी मनाउन लागिएको उक्त अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला समिति स्वीट्जरल्याण्डले सम्पूर्ण स्वीट्जरल्याण्डवासी नेपालीहरुमा हार्दिक आह्वान गरेको छ । कार्यक्रम सम्बन्धी बिस्तृत जानकारीका लागि महिला समिति संयोजक शुभ एलमर लामा तथा सदस्य सीमा गौतमसँग सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।

कार्यक्रम सम्बन्धी पूर्ण जानकारीका लागि तलको लिंक हेर्नुहोला ।

International Women Day Celebration 2017 NRNA-NCC Switzerland Program1

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts