Thursday, February 16, 2017

सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने : सञ्चार सचिव

पोखरा, ५ फागुन । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको चारदिने आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पोको उद्घाटन गर्दै उहाँले सर्वसाधारण नेपाली जनतामा सूचनाको पहुँच पु¥याउन सूचना तथा प्रविधिको क्षेत्रमा धेरै काम सुरु गरिएको जानकारी गराउनुभयो ।

प्रदेश नं ४ को सदरमुकाम पोखरालाई सूचना तथा प्रविधिको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिँदै उहाँले मेलाबाट यस क्षेत्रका जनताको आर्थिक र सामाजिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सबै राजमार्गमा अप्टिकल फाइबरको विस्तार, मोबाइल बैंकिङलगायतका सेवाबाट देशका कुनाकाप्चामा बस्ने सबै नेपालीले सहज तरिकाले सूचना तथा प्रविधिको प्रयोग गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले यस प्रविधिले नयाँ पुस्तालाई उत्सुकता थप्दै जाने बताउनुभयो ।

महासङ्घका केन्द्रीय अध्यक्ष विनोद ढकालले सूचना तथा प्रविधि र सञ्चारलाई प्राथमिकता दिएर सबैलाई एकै ठाउँमा राखेर विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घ कास्कीका अध्यक्ष चिन्तामणि बाँस्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय सिँचाइ निर्देशनालयका निर्देशक शिशिर कोइराला, महासङ्घका पूर्व अध्यक्ष चण्डीप्रसाद ढकाललगायतका वक्ताले मेलाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजित मेला यही फागुन ८ गतेसम्म चल्ने छ ।

मेलामा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइँटी क्विच कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी गरिने छ । ।

मोबाइल मेलामा २५ ब्रान्डका मोबाइल बिक्रीका लागि राखिने र बिक्री गरिने मोबाइलमा पाँचदेखि ५० प्रतिशत छुट दिइने बताइएको छ ।

मेलाका लागि १२५ वटा कक्ष राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts