विराटनगर, २१ माघ । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानलाई कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुराकानी गर्दै स्थानीय तहको निर्वाचन गर्दा विवाद हुने सम्भावना रहेकाले स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभयो ।
मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको भन्दै उहाँले मुलुकलाई जटिल अवस्थाबाट बचाउन जसरी पनि निर्वाचन गराउनुपर्ने आवश्यकता औंँल्याउनुभयो ।
मधेसी मोर्चाले दोहोरो नीति अपनाउन खोजेको प्रसङ्ग उल्लेख गर्दै मुलुकलाई अन्यौंँलताबाट हटाउन मोर्चालगायत सबै दललाई एक्यबद्धता हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
पत्रकारको जिज्ञासामा उहाँले स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनुभयो । रासस
No comments:
Post a Comment