Saturday, February 11, 2017

एमाले मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमा: अध्यक्ष ओली

काठमाडौँ, २९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताउनुभएको छ ।

सो पार्टीद्वारा यहाँ आज आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो– “संविधान कार्यान्यवयनका लागि सहयोग पु¥याउने उद्देश्यले पार्टीले मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको छ ।”

अध्यक्ष ओलीले आफ्नो दल मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमा रहेको उल्लेख गर्दै केही राजनीतिक दल तथा समूहले एमालेलाई मधेसी, दलित, जनजाति विरोधी रहेको भनी भ्रम फैलाउन खोजिएकाले त्यसमा कुनै सत्यता नरहेको बताउनुभयो ।

पार्टीका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको विषय जनताको हितमा नरहेको बताउँदै प्रदेशको सीमाङ्कन प्रदेश सभाले मात्र गर्नसक्ने हुँदा त्यो संशोधनमार्फत गरिएमा संविधान विपरीत हुने विचार व्यक्त गर्नुभयो ।

पार्टीका सचिव प्रदीप ज्ञवालीले तराई–मधेसमा भइरहेको वर्गीय विभेद तथा सामाजिक असमानतालाई न्यूनीकरण गर्न आफ्नो दलले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा सङ्घीय समाजवादी फोरमका नेता गुलाव सरोवर शेख, सोही पार्टीका केन्द्रीय सदस्य दिलीपकुमार झा र जोगेन्द्रप्रसाद यादव तथा साहित्यकार शान्ति चौधरीलगायतले एमाले पार्टीमा प्रवेश गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts