Saturday, February 11, 2017

राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिन्छः अर्थमन्त्री महरा

धनगढी, २९ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।

राजस्व परामर्स समिति, भन्सार कार्यालय र कैलाली उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०७४÷०७५ को बजेट नीति तथा कार्यक्रम’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो – “राष्ट्रिय उत्पादनमा आधारित अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता हो ।”

अर्थमन्त्री महराले “स्वस्थ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास नभए समाजवादमा जान सकिदैन,” भन्दै देशको समग्र अर्थनीतिको सवालमा अहिले देश निकै सङ्क्रमणकालीन अवस्थामा रहेको हुँदा मुलुकलाई स्वस्थ्य पुँजीवादी अर्थतन्त्रमा लैजाने कोसिस गरिएको बताउनुभयो ।

कर र भन्सारका क्षेत्रमा सुधार गर्न लागिएको उल्लेख उहाँले भन्नुभयो – “देश सङ्घीय संरचनामा गैसकेको अवस्थामा सङ्घीय वित्तीय व्यवस्था कस्तो हुने भन्नेबारेमा टोली गठन गरेर मन्त्रालयले कामअघि बढाएको छ ।”

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले विकासका दृष्टिमा अरु क्षेत्र भन्दापछि परेका ७ नंम्बर प्रदेशको समग्र विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालले देशमा सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिमको विकासका लागि सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै अनुत्पादक क्षेत्रमा नभई उत्पादक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले सुदूरपश्चिमको समग्र विकासका लागि यस क्षेत्रका उद्योग व्यवसायमा दश वर्षसम्म ‘कर फ्रि‘ गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

कार्यक्रमका सहभागी उद्योगी, व्यवसायीले अर्थनीति करदाता मैत्री हुनुपर्ने, स्थानीय करको नाममा कृषिजन्य बस्तुको आयात निर्यातमा लिदैँ आएको दोहोरो कर हटाउनुपर्ने, ठूला करदाताका लागि सहज हुने ठाउँमा छुट्टै कार्यालय स्थापना गर्नुपर्ने र सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना गर्नुपर्ने लगायतका सुझाव दिदै सुदूरपश्चिमको समग्र विकासका लागि ठोस नीति ल्याउनुपर्ने माग गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts