Monday, February 6, 2017

विश्वको सबैभन्दा लामो उडान कतार विमानद्वारा

बेलिङटन (न्युजिल्यान्ड), २४ माघ । विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार सोमबार न्युजिल्यान्डको अकल्यान्ड अवतरण भएको छ ।

कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले आफ्नो निर्धारित १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित समयभन्दा केही मिनेट पहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त विमान कम्पनीद्वारा ट्वीटमार्फत जानकारी गराइएको छ ।

यससँगै कतारको राजधानी दोहाबाट अकल्यान्डका लागि उडेको उक्त विमानले यस पहिले दुबईको इमिरेट्स विमान कम्पनीले दुबईबाट अकल्यान्डसम्मको दूरी पार गरी केही समय पहिले विश्वको सबैभन्दा लामो उडान गरी राखेको किर्तिमानलाई छायाँमा पारिदिएको छ ।
इमिरेट्स कम्पनीको विमानले कतारको विमान कम्पनीको भन्दा ३०० किलोमिटर कम उडान भरेर रेकर्ड बनाएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts