Thursday, March 9, 2017

कमल थापा र दिलनाथ गिरी सरकारमा

काठमाडौ, २६ फागुन । राप्रपा अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय मन्त्री हुँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने भएका छन्। सरकारले आज विस्तार गर्न लागेको मन्त्रिपरिषदमा राप्रपाले पर्यटन मन्त्रीमा दिलनाथ गिरीलाई पठाउने भएको छ।

थापासहित पर्यटन मन्त्री गिरीको आजै साँझ साढे ६ बजे सपथ राखिएको छ ।
अहिले स्थानीय विकासमन्त्री हितराज पाण्डे छन् । माओवादीको सिफारिसमा मन्त्री भएका उनलाई फिर्ता बोलाउने भएको छ। यस्तै पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई पनि फिर्ता बोलाउने भएको छ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts