Thursday, March 9, 2017

मृत्यु हुनेको सङ्ख्या २६ जना

काठमाडौँ, २७ फागुन । जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा बिहीबार अपरान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको नेपाली सेनाले जनाएको छ ।

सो दुर्घटनामा २६ जना गम्भीर घाइते भएको र नौजना सामान्य घाइतेको उपचार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दुर्घटना हुनासाथ नेपाली सेनाको हेलिकप्टर गएर उपचार कार्य गरेको थियो । सेनाको हेलिकप्टरमार्फत १८ घाइतेलाई उपचारका लागि नेपालगन्ज पु¥याइएको र उनीहरुको नेपालगन्ज नर्सिङ होमलगायत अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts