नवलपरासी, ७, चैत । नवलपरासीको हरपुर–८ मुडेरामा एक किशोरीको शङ्कास्पद मृत्यु भएको छ ।
हरपुर–८ मुडेराकी १४ वर्षीया उर्मिला यादव आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
मृतक उर्मिलाको दाहासंस्कार हुँदाहुँदै प्रहरीले शव तथा आमा कमलावति यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
मृतकका बाबु शिवनाथ यादव भने घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । घटना अहिलेसम्म रहस्यमय रहेको र यसबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment