Tuesday, March 14, 2017

चार अर्ब बढीको प्रतिबद्धता

काठमाडौँ, १ चैत । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि सारेको अभियानमा हालसम्म रु चार अर्ब चार करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २९ हजार २८४ जनाले लगानीका लागि प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु तीन अर्ब ३८ करोड २४ लाख ४२ हजार ८२५ लगानी गर्ने प्रतिबद्धता आएको छ ।

यस्तै कुल ३८ कम्पनी तथा सङ्घसंस्थाले रु ६५ करोड ८१ लाख ७५ हजार बराबरको प्रतिबद्धता जनाएका छन् । हालसम्म प्राप्त भएको प्रतिबद्धताअनुसारको रकमबाट १०० मेगावाटदेखि १५० मेगावाटसम्मको आयोजना निर्माण गर्न सकिने ऊर्जा मन्त्रालयले जनाएको छ ।

लगानीको प्रतिबद्धता जनाउन र मुलुक निर्माणको महाअभियानमा सहभागी हुन ऊर्जा मन्त्रालयले आम नागरिक तथा सङ्घसंस्थालाई आग्रह गरेको छ ।

मन्त्रालयले केही दिनभित्रै एउटा आयोजना छनोट गर्ने र अझै ठोस रुपमा लगानी परिचालन गर्ने तयारी गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts