Tuesday, March 14, 2017

उपप्रधानमन्त्री निधि र भारतीय पूर्वप्रधानमन्त्री भेटघाट

काठमाडौँ, १ चैत । प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नयाँदिल्ली पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच आज बिहान भेटवार्ता भएको छ ।

सिंहको निवासमा भएको भेटमा पूर्व प्रधानमन्त्री सिंहले दुई देशबीचको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया र विकासका बारेमा कुराकानी भएको उपप्रधानमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।

भेटमा उपप्रधानमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा पूर्वप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकीका नाताले भारत सधैँ नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताउनुभएको थियो ।

उहाँले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै भोलिका दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुुभयो । भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी हुनुहुन्थ्यो ।

आजै उपप्रधानमन्त्री निधिले भारतीय कम्युनिस्ट पार्टीका नेता डिपी त्रिपाठीसँग पनि भेटघाट गर्नुभएको छ । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । उपप्रधानमन्त्री निधिले लामो सयमदेखि अस्वस्थ रहनुभएका त्रिपाठीको स्वास्थ्यलाभको पनि कामना गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts