विन्टुक (नामिबिया), १ चैत । यहाँका स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुले मलेरियाका कारण मार्च महिनामा १४ जनाको मृत्यु हुनुका साथै करिब सात हजार नागरिक बिरामी भएको बताउनुभएको छ ।
मङ्गलबार सञ्चारमाध्यमसँग मलेरिया समस्याबारे कुराकानी गर्दै हाउफिकुले भन्नुभयो, मलेरियाका कारण हजारौँ नामिबियाली नागरिक बिरामी भएका र १४ जनाको मृत्यु भएपछि नामिबिया सरकारले यसलाई नियन्त्रण गर्ने प्रयासका लागि एक लाख २३ हजार नामिबियाली डलर छुट्याएको छ ।
रोगलाई पूर्ण नियन्त्रणमा ल्याउन थप रकम पनि आवश्यक देखिएको भन्दै छिट्टै यसको पनि व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
नामिबियाका ग्रामीण क्षेत्रमा मलेरियाबाट गाउँलेहरूले एकपछि अर्को गर्दै ज्यान गुमाएपछि सरकारले मलेरिया नियन्त्रणलाई लक्षित गरी कार्यक्रमहरू ल्याएको छ । रासस÷सिन्ह्वा
No comments:
Post a Comment