अदिस अबाबा (इथियोपिया), १ चैत । इथियोपियाली संसदले मङगलबार फोहोर मैला विसर्जन केन्द्रमा परी ज्यान गुमाउने नागरिकको सम्झनामा मार्च १५ देखि १७ सम्म तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सुरुमा इथियोपियाको सरकारी स्रोतले ल्यान्डफिल्ड साइटमा पहिरो जाँदा १५ देखि १७ जनाको मृत्यु भएको भनी जानकारी गराए पनि सो सङ्ख्या बढेर ७२ पुगेको अदिस अबाबा सहरका प्रशासनिक सूचना मामिला कार्यालयका प्रमुख दग्माबिट मोगेसले बताउनुभयो ।
दग्माबिटका अनुसार पहिरोले स्थानीय एउटा बस्तीलाई पुर्दा ७२ जनाको मृत्यु भएको थियो भने अन्य केहीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
अदिस अबाबाका स्थानीयले पहिरोमा परी ज्यान गुमाएका ३१ जनाको सोमबार सामूहिक अन्त्येष्टि गरेका थिए भने केही मानिस अझै पहिरोले पुरिएर रहेको आशङ्कामा उनीहरुको खोजीका कार्य जारी छ । केही मृतकको अन्त्येष्टि मङ्गलबार गरिएको छ ।
इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको ‘कोसे ल्यान्ड फिल्ड’ स्थलमा शनिबार पहिरो गएको थियो । पहिरोले घर पुरेपछि कैयौँ जना गाउँबाट विस्थापित भएका छन् भने पहिरो आउने जोखिम उत्तिकै रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस÷सिन्ह्वा
Tuesday, March 14, 2017
इथियोपिया फोहोर मैला विसर्जन केन्द्रमा पहिरोमा परी मृत्यु हुनेको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment