Friday, March 24, 2017

एसइई परीक्षा आजदेखि सम्पन्न

भक्तपुर, ११ चैत । देशभर सञ्चालित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) आजदेखि सम्पन्न भएको छ ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको एसइई परीक्षा आजदेखि सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्राविधिकधार तर्फको परीक्षा भने चैत १४ गते सम्पन्न हुने छ । परीक्षामा देशभरबाट करिब पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts