Thursday, March 9, 2017

मोर्चाद्वारा बसमा आगजनी

राजविराज, २७ फागुन । बन्दको अवज्ञा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रअगाडि एउटा बसमा आगजनी गरेका छन् ।

रुपनीबाट राजविराजतर्फ आइरहेको ना ५ ख ६७१३ नंको स्वस्तिका बसमा मोर्चाको कार्यकर्ताले आगो लगाउँदा बस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नष्ट भएको गाडी राजविराजदेखि वीरगन्ज चल्ने गाडी हो । यात्रुलाई भने केही नभएको बुझिएको छ ।

नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सोमबार एमालेले गरेको कार्यक्रम बिथोल्न पुगेका मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडपमा चार जनाको मृत्यु भएपछि मोर्चा सप्तरीले अनिश्चितकालिन बन्द आह्वान गरेको थियो । बन्दको अवज्ञा गरेकाले बसमा आगजनी गरेको बताइएको छ ।

यसैबीच, मोर्चाले अह्वान गरेको बन्द आज पाँचौँ दिन पनि सप्तरीमा प्रभाव परेको छ । बन्दले राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, पसल, शैक्षिक संस्था, कलकारखानालगायत सम्पूर्ण बन्द रहेको पाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts