Friday, March 24, 2017

अनलाइन निर्देशिका फिर्ता लिन चौतारीको आग्रह

काठमाडौँ, ११ चैत । सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ ले स्वतन्त्र प्रेस नियन्त्रित हुने भन्दै प्रेस चौतारी नेपालले फिर्ता लिन आग्रह गरेको छ ।

अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्न ल्याइएको सो निर्देशिकाका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मान्यतासँग बेमेल हुने चौतारीले जनाएको छ ।

‘आमसञ्चार नीति–२०७३’ मा अनलाइन सञ्चारमाध्यम व्यवस्थापन र अनुगमनबारे उल्लेख भए पनि सो निर्देशिका ल्याउनु आफँैमा विरोधाभाषपूर्ण भएको सङ्गठनको दाबी छ ।

सरोकार भएका संस्थासँग परामर्श नगरी सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी निर्देशिका ल्याएकाले अविलम्ब फिर्ता लिन माग गरिएको चौतारीका महासचिव राजेश राईद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts