Tuesday, March 21, 2017

गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मङ्गोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा कार्यरत दुर्गाबहादुर सुवेदीलाई आयरल्यान्डका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts