Tuesday, March 21, 2017

महानिरीक्षक नियुत्ति गर्ने सरकारको निर्णय बदर

काठमाडौँ, ८ चैत । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको निर्णय बदर गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्ण इजलासले सरकारको निर्णय आज बदर गरी ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उच्च अङ्क प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकबाट पुनः बढुवा गर्न आदेश दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts