Tuesday, March 21, 2017

बाघको आक्रमणबाट महिलाको मृत्यु

नवलपरासी, ८ चैत । नवलपरासीको भेडाबारीमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैंडाकोेट–११ भेडावारीकी ६१ वर्षीय पूर्णकला अधिकारी रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

भेडावारी सामुदायीक वनमा घास काट्न गएकी अधिकारीको बाघको आक्रमणबाट घटनास्थमै मृत्यु भएको जनाएको छ । अधिकारीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts