Wednesday, March 8, 2017

राष्ट्रको विकासमा महिलाको महत्वपूर्ण भूमिका छ ः राष्ट्रपति

काठमाडौँ, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको विकासमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालको लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्थानीय निकायको निर्वाचन समयमा नहुँदा धेरै महिला अगाडि बढ्न बाधा परेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न आन्दोलनको परिणामस्वरुप हासिल भएको उपलब्धिलाई संस्थागत गर्न पनि समयमै निर्वाचन जरुरी भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले महिलाको सामाजिक र आर्थिक उन्नतिका लागि शिक्षा, स्वास्थ्य, रोजगारलगायतमा ध्यान दिइनुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपति कार्यालयले गत वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न सुरुवात गरेको हो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, सांसदहरु, पत्रकारको उपस्थिति थियो ।

सो अवसरमा नेपाल सांस्कृतिक संस्थानको विशेष प्रस्तुतिका रुपमा नेपाली, मैथिली, नेवारी भाषाका राष्ट्रिय भावनाका गीत प्रस्तुत गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts