Tuesday, March 21, 2017

समस्या समाधान नगरेमा चुनाव हुनेमा आशङ्काःअध्यक्ष गच्छदारसमस्या समाधान नगरेमा चुनाव हुनेमा आशङ्काःअध्यक्ष गच्छदार

इनरुवा, ८ चैत । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले समस्या समाधान नगरेमा चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘देशको वर्तमान अवस्था र ठूला दलको चरित्र एव्म हठका कारण तोकिएको समयमा चुनाव हुनेमा आशङ्का बढेका छन् ।’

अध्यक्ष गच्छदारले अहिले राष्ट्रको राजनीतिक अवस्था निकै बिग्रेको छ, त्यसैले यसलाई ध्यानमा राखी हिड्नुपर्दछ भन्दै समयमा समस्या समाधान नगरे देश दुर्घटनामा जान सक्ने सम्भावना रहेको बताउनुभयो ।

एक फरक प्रसङगमा उहाँले नेपाली काँग्रेसका नेताहरुले गच्छदारलाई र आफ्नो पार्टीलाई काँग्रेसमा भित्रयाउने कुरा हल्ला मात्रै भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts