Tuesday, March 21, 2017

गठबन्धन निर्वाचनको विरोधी होइन : कावा अध्यक्ष श्रेष्ठ

काठमाडौँ, ८ चैत । सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले सङ्घीय गठबन्धन निर्वाचनको विरोधी नभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले सङ्घीय गठबन्धनले राखेका मागलाई सरकारले सम्बोधन गरे आफूहरु निर्वाचनमा जाने बताउनुभयो ।

कावा अध्यक्ष श्रेष्ठले सरकारले संसद्मा पेस गरेको चारबुँदे प्रस्तावलाई परिमार्जनसहित पारित गर्नुपर्ने बताउँदै पहिला केन्द्रीय तह, त्यसपछि प्रान्त र अनि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

“छिटोभन्दा छिटो मुलुकलाई निकास दिने पक्षमा गठबन्धन छ” उहाँले भन्नुभयो – आफूहरुले राखेका मागलाई सम्बोधन गरे गठबन्धन कार्यदल बनाएर अगाडि बढ्न तयार छ ।

कावा अध्यक्ष श्रेष्ठले संविधान संशोधन गरेर निर्वाचनमा जाने सर्तअनुसार गठबन्धनले वर्तमान सरकारलाई सहयोग गरेको उल्लेख गर्दै तर सरकारले संविधान संशोधन नगरेर पहिला निर्वाचनको मिति घोषणा गरेकाले गठबन्धनले समर्थन फिर्ता लिएको स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts