Wednesday, March 15, 2017

भारतीय भूपु सैनिकलाई रु तीस करोड पेन्सन वितरण

गोरखा, २ चैत । गोरखाको लक्ष्मीबजारस्थित सैनिक बोर्डले भूतपूर्व भारतीय सैनिकलाई निवृत्तिभरण (पेन्सन) रकम उपलब्ध गराएको छ ।

गोरखा, लमजुङ, तनहुँ र धादिङमा रहेका भूपु सैनिकलाई निवृत्तिभरणबापत रु ३० करोड वितरण गरिएको गोरखा भारतीय भूपु सैनिक सङ्घ गोरखाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

गत फागुन २९ गतेदेखि आजसम्म निवृत्तिभरणको रकम वितरण गरिएको हो । गोरखामा मात्रै ११ हजार भन्दा बढी भारतीय भूपु सैनिक छन् । तीमध्ये सात हजारले काठमाडौँस्थित गोरखा भारतीय क्याम्पबाट पेन्सन लिने गर्छन् । गोरखामा मासिक १५ हजार रुपैयाँदेखि ७३ हजार रुपैयाँसम्म पेन्सन बुझ्ने भूपु सैनिक रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts