Wednesday, March 15, 2017

हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान

बर्दिया (गुलरिया), २ चैत । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका बर्दिया जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ । चैत ५ देखि ७ गतेसम्म उक्त अभियान सञ्चालन हुँदैछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाको कुल जनसङ्ख्या चार लाख ५९ हजार ४९९ मध्ये चार लाख २६ हजार ७७५ जनालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

उक्त अभियानलाई सफल बनाउनका लागि एक हजार आठ सय ९१ कर्मचारी खटाइने छ । तीमध्ये दुई सय ५९ स्वास्थ्यकर्मी, आठ सय ३१ महिला स्वास्थ्य स्वयम्सेविका र आठ सय एक जना अन्य स्वयम्सेवक रहेको जिल्ला जनस्वास्थय कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts