Sunday, March 26, 2017

दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ, १३ चैत । ढोरपाटन नगरपालिका–१ मा ग२च ९११ नंको जिप दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी तमानखोला गाउँपालिका–५ का ३६ वर्षीया टीकमा विकको मृत्यु भएको छ । मृतक विकका तीन वर्षीय छोरा खगेन्द्र, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीया ज्ञानदेवी विक घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिनुभयो । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब २० मिटर तल तमानखोलामा खसेको थियो । जिप चालक ढोरपाटन नगरपालिका–२ का ध्रुव कुमाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts