Thursday, March 16, 2017

बसबाट खसेर एकको मृत्यु, रुखमा झुन्डिएको शव फेला

भक्तपुर, ३ चैत्त । बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएकोमा मध्यपुर अस्पतालमा उपचार हुननसकी न्यूरो अस्पतालमा पठाइएको र उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो

त्यसैगरी चाँगुनारायण नगरपालिका– ५ खरिपाटी घुमाउनेमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
दाङ घर भई हाल खरिपाटीकै जयशङ्खर इँटाभट्टामा काम गर्दै आएका अन्दाजी ४५ वर्षका गोपाल चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रसार्इंले जानकारी दिनुभयो ।

चौधरीको हत्या वा आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts