Saturday, March 18, 2017

सीमाङ्कनलाई थाती राखे चुनाव असम्भव : नेता यादव

गौर (रौतहट), ५ चैत । सङ्घीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनलाई थाती राखेर देशमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने ठोकुवा गर्नुभएको छ ।

रौतहट सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले माध्यमिक परीक्षा समाप्त भएपछि सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने बताउनुभयो ।

“अबको आन्दोलन मधेस केन्द्रित नभई देशव्यापी हुन्छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको आश्वासन दिएर मधेसीलाई ठगी गरेको उहाँको भनाइ थियो ।

पटकपटक संशोधनको झुठो बाचा गरेर प्रधानमन्त्रीले मधेसीलाई ठगेकाले वर्तमान सरकारले राष्ट्र र मधेसीको हितमा काम गर्न नसक्ने नेता यादवको आरोप थियो । पत्रकार सम्मेलनमा फोरमका केन्द्रीय सदस्य रामकिशोर यादव, जिल्ला अध्यक्ष रामनिवास यादव, पूर्व सांसद बबन सिंह, मोर्चाका नेता रेवन्त झालगायतको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts