Saturday, March 18, 2017

सहिदको सपना पूरा गर्न सबैको सहयोग आवश्यक – नेता थापा

काठमाडौँ, ५ चैत । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य रामबहादुर थापाले पार्टी सहिदले देखाएको बाटोमा हिँडिरहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १८औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आयोजना गरेकोे सिर्जना र संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहिदको सपना पूरा गराउन सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।

काभ्रेको अनेकोटमा सहिद स्मारक बनाउन पहल गर्ने वचनबद्धता पनि उहाँले प्रकट गर्नुभयो ।

विसं २०५५ चैत ५ गते काभ्रेको अनेकोटमा तत्कालीन राज्य पक्षले सातजना कलाकारको हत्या गरेको थियो । सोही दिन मारिएका कलाकारहरुको सम्झनामा माओवादीले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउने गरेको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरु लीलामणि पोखरेल, प्रह्लाद बुढाथोकीलगायतले सहिदले देखाएको बाटोमा निरन्तर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा १५ स्रष्टाले सहिदप्रति समर्पित कविता वाचन गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts