Tuesday, March 7, 2017

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

बर्दिया, २५ फागुन । गाउँ पसेको हात्तीलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट मंगलबार राति एकजना युवकको मृत्यु भएको छ ।

बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको थियो । गाउँलेले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबई नगरपालिका–३ कर्मला गाउँका १८ वर्षीय अमृत भनिने विजय नेपालीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृृत अशोक भण्डारीले बताउनुभयो ।

घाइते भएका नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जआसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित राख्न निकुञ्जले करेन्ट सहितको तारबारको व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts