Sunday, April 23, 2017

बालबालिकालाई शैक्षिक सामग्री सहयोग

दमौली, १० वैशाख । तनहुँको तीनवटा इँटा उद्योगमा काम गर्ने मजदुरका दुईवटा विद्यालयका ८६ जना बालबालिकालाई शनिबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

माछापुच्छ«े, पोखेरेली र मनकामना इँटा उद्योगमा काम गर्ने कामदारका ती बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

एकीकृत हरित विकास नेपालको संयोजन र ग्लोबल फेयरनेस इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित बेटर ब्रिक – नेपाल परियोजनामार्फत ती उद्योगमा काम गर्ने बालबालिकालाई सामग्री वितरण गरिएको हो ।

राधा मावि र पसले आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक, विद्यालय पोसाक एवम् स्कुल ब्याग तथा अन्य शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको हो । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले ती सामग्री वितरण गर्नुभएको हो ।

कार्यक्रममा वक्ताहरूले उक्त सहयोगले बालबालिकाको विद्यालयसम्मको पहुँच विस्तार गर्दै पढाइलाई निरन्तरता दिन सहयोग पु¥याउने बताएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts