Sunday, April 23, 2017

करेन्ट लागेर बालिकाको मृत्यु

राजविराज, १० वैशाख । सप्तरीको शम्भुनाथ नगरपलिका–८ मा करेन्ट लागेर आज बिहान एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । नुहाउने क्रममा पानी तान्ने मोटरमा नाङ्गो तारमा अचानक छुँदा विभाहलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीमा दुई दिन अगाडि पनि करेन्ट लागेर दुईजनाको मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts