काठमाडौँ, १४ वैशाख । मङ्गोलियाका लागि नेपालका गैरआवासीय राजदूत लीलामणि पौड्यालले मङ्गोलियाका राष्ट्रपति सचियागित इलबेंगदोर्जलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
सो अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपाली जनताका तर्फबाट दिनुभएको मङ्गोलियालीको शान्ति र समृद्धिको शुभकामना राष्ट्रपति इलबेंगदोर्जलाई हस्तान्तरण गर्नुभएको थियो । राजदूत पौड्यालले मङ्गोलियाली विदेशमन्त्रीसँग पनि आजै शिष्टाचार भेटवार्ता गर्दै भूपरिवेष्टित मुलुकको सहकार्यका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा पर्यटन, संस्कृति, व्यापार, लगानी र दुई देशबीचमा जनस्तरको सम्बन्ध विस्तार र गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मङ्गोलियाको गुम्बा निर्माण र बौद्ध परिपथ विस्तारमा सहयोग गर्न मङ्गोलियाली विदेशमन्त्रीलाई राजदूत पौड्यालले अनुरोध गर्नुभएको थियो । उहाँले आजै भूपरिवेष्टित एवम् विकासोन्मुख मुलुकका लागि अन्तर्राष्ट्रिय विज्ञको कार्यालयको समेत भ्रमण गर्नुभयो । रासस
No comments:
Post a Comment