विशाल बस्नेत
माओबादी केन्द्रको चुनाबी घोषणापत्रमा उल्लेख गरिएको गाउँ -गाउँमा फ्री वाइफाइ भन्ने प्रतिबद्द्तामा अधारित रहेर सामाजिक सन्जालमा नकरात्मक ढोल पिट्नेहरुबिच ठूलो बहसको बिषय बनेको छ ।
विशेष गरी सामाजिक ,सास्कृतिक रुपान्तरणमा यसको सकरात्मक प्रयोगले कतिसम्म भुमिका निर्बाह गर्न सक्छ भन्नेतिर सोच्नुभन्दा पनि उहीँ आँखा चिम्लेर बिरोधी मानसिकता पर्दशन गर्नेहरुको ठूलो भिड उछिटो काड्न लागी परिरहेको अबस्था छ ।
सामाजिक ,सास्कृतिक र सिक्षाको गुणात्मक बिकाशकालागी समयको मागअनुसार संचारको बिकाश गर्न सकिएमात्र बिकाश र परिबर्तन हुन सक्ने कुरालाइ मध्यनजर गर्दै आएको माओबादी केन्द्रले गाउँ – गाउँमा फ्री वाइफाइको महसुस फेरि एकचोटी गरेको छ ।
तर जन्ताको आधारभुत आब्स्यक्ता भन्दा पनि यस्तो खाल्को प्रतिबद्दता जनहित बिपरित भएको भन्दै यथास्थितिबादी र बिकाशबिरोधीहरुले जन्ताहरुमा भ्रम फैलाउन यही बिषयलाइ समातेर मानसिक दरिद्रताको उदाहरण पेश गरिरहेका छन ।
प्राबधिक सिक्षाको अभाबमा देशको ठूलो सङ्ख्या बेरोजगारको पिडामा रुमलिरहेको बेला गाउँ -गाउँमा फ्री वाइफाइ भन्ने माओबादी केन्द्रको नाराले सफलता मात्र पाउने हो भने पनि बेरोजगारको सङ्ख्या घट्दै जानेमा समेत कुनै दुइमत छैन योसग समबन्धीत उदाहरणहरु हामी धेरैलाइ छर्लङ्ग नै छ ।
स्थानिय चुनाब नजिकिदै गर्दा माओबादीको यो नारालाइ प्रोपोगाण्डाको रुपमा फैलाइ बिपक्षी पाटीहरुले बिरोधको अभिष्ट पुरा गर्ने अभियान नै संचालन गरेतापनी माओबादीको यो नारा नै जनमुखी र जनहितको लागी भएको आभास गर्न सकिने अबस्था छ ।
जन्ताको आधारभुत आब्स्यक्तालाई नै ओझेलमा पार्ने गरी घोषणा गरिएको यो नारा हास्यास्पद छ भनेर हुइया फैलाउनेहरु तिनै हुन जुन बेला कृष्ण बहादुर महराले संचार जगतको बिकाश भए मात्र समग्र देशको बिकाश हुने भन्दै संचार बिकाशको अभियान अगाडी सार्दा सस्कृती बिरोधीको आरोप लगाएका थिए ।
भुकम्पको जरजर पिडामा मडारिरहेका जन्ताहरुमा १ हजार राहतको आबस्यक्ता भैरहदा स्मार्ट सिटीको नारा लागाएर लोकप्रिय बन्न खोज्ने सक्कली र नक्कली राष्ट्रबादीहरु को हुन भनेर यहाँ उल्लेख गरिरहनु भन्दा पनि जन्ताको स्वबिबेकले भ्रमको जन्जिरबाट राहत पाइसकेको अबस्था छ ।
गाउँ -गाउँमा फ्री वाइफाइ भन्ने नारालाइ आपत्ती जनाउनेहरुले कतिपय लज्जास्पद उत्तर दिने सामर्थ्य राख्न सक्नु पर्छ । त्यसो भए
हिन्दमाहासागरमा समुन्द्री जाहाज गुडाउने नारा लगाउदै गर्दा किन आपत्ती जनाउन सकिएन ?, भुकम्पको पिडाले थलिरहेका जन्ताहरुमा राहतको सट्टा स्मार्ट सिटीमा स्तान्तरण गर्ने सपना बाडीरहदा किन बिरोध गर्न सकिएन ? ,महङ्गीको पिडाले दुई छाक खान धौ-धौ परिरहेका जन्ताहरुमा घर-घरमा ग्यासपाइप लाइन जोड्ने नारा घन्काउदै गर्दा किन गलत हो भन्न सकिएन ?
यी र यस्ता असम्भबभाबी बिषयबस्तुहरु भ्रम थिएनन भनेर भन्न नसक्नेहरुले गाउँ -गाउँमा फ्री वाइफाइ भन्ने नारा आपत्तीको रुपमा लिनेहरु आफू कुन युगको नेर्तुत्व गर्दै छु भन्ने कुरा छुट्ट्याउन अत्यन्त आब्स्यक्ता देखिन्छ ।
कृष्ण बहादुर महराले हात-हातमा मोबाइल भन्ने नारा घोषणा गरेको आधा दशक पनि बितिनस्क्दै हरेकको घर-घरमा ,हात-हातमा मोबाइल भैसक्दा पनि भल्गर सस्कृतीलाइ मलजल गरेको भनेर निर्धक्क लज्जास्पद हल्का अभिब्यक्ती दिनेहरुको भिडभाडमा फ्री वाइफाइको बिरोध गर्नेहरु बौदिक मानसिक रोगीहरु हुन भन्ने कुरा सबैले बुझ्न आब्स्यक छ ।
सहरकेन्द्रीत गुनस्तरिय शिक्षालाई गाउँ -गाउँमा पहुच बनाउनका लागी फ्री वाइ फाइ महत्वपुर्ण साबित हुने डरले सङ्कित बनेका यथास्थितिबादीहरु भ्रम फैलाइ सासकिय सम्राज्य बचावट गर्न लागी परेका छन । यो कुरा जन्ताले बुझ्नु पर्ने समय आएको छ ।
हरेक गाउँलाई गोलोबल भिलेजको रुपमा बिकाश गर्न चाहने माओबादी केन्द्रका उर्बर प्रतिबद्दताहरुलाइ निस्तेज बनाउनका लागी शासकहरुका पालितहरु भ्रम फैलाउन अहिले गाउँ -गाउँमा प्रयोग भैरहेका छन यी र यस्ता कुराहरुमा सबै जना सचेत हुनु पर्ने जरुरी देखिन्छ ।
पछिल्लो समय मुलधारका मिडियाहरुले प्रकाशमा ल्याउन नसकेका कतिपय जघन्य कृयाकलाप समेत सामाजिक सन्जालहरु ,ट्विटर ,फेसबुक,इन्स्टाग्राम,हाइ फाइभ,बलग जस्तामा समेत भण्डाफोर हुँदै आएको छ । यदपी ग्रामीण कन्दरामा लुकेका र लुकाएका घटना ,परिघटनाहरु इन्टरनेट प्रयोगकर्ताहरुको निसाना बन्न सक्छन भन्ने पनि कथित यथास्थितीबादीहरुमा भय मौलाएको छ ।
यो गाउँ-गाउँमा फ्री वाइफाइ नेपाली जन्ताहरुको पुरानो माग हो । यस्को अभ्यास अप्रत्यक्षरुपमा महाबिर पुनले बर्षौ अगाडी गरिसकेका छन । कतिपय ग्रामिण कुनाकन्दराहरुमा गलत सस्कारकै कारण जन्ताहरु गरिबी र भौतिक पिडामा समेत छटपटीरहनु परेको छ यदपी माओबादी केन्द्रको यो अभियानले गलत सस्कार र सकृतीको बिस्तारै सल्यक्रिया गर्न सक्ने समेत बिस्वास लिएको छ ।
फेरि इन्टनेट प्रयोगकर्ताहरुका लागी निश्चित योग्यता हुनुपर्छ भन्ने पनि हैन यस्का प्रयोगकर्ताहरु सबै उमेर समुहका सिक्षित-अक्षित सबै छन । सामान्य लेखपढ गर्न सक्ने पनि यस्को प्रयोगकर्ता बन्न सक्ने भएका कारण नेपालको परिबेशमा यस्लाइ बर्षौ पहिलेदेखि एउटा मागको रुपमा हेरिएको छ ।
आशा गरौ यो अभियान लगायत माओबादी केन्द्रको चुनाबी घोषणापत्रमा उल्लेख गरिएका जनमुखी लोकप्रिय प्रतिबद्दताहरुलाइ जन्ताले हरेक ग्रामिण क्षेत्रबाट सयोग गर्नेछन ।
पत्रकार विशाल बस्नेत युएइमा कार्यारत हुनुहुन्छ ।
No comments:
Post a Comment