Sunday, April 16, 2017

जनसम्पर्क समिति बेल्जियमको बरबुझारथ कार्यक्रम सम्पन्न

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियम ले गत सोमबार का दिन लुभेन शहरमा अवस्थित बुद्ध हाउसको सभा हलमा एक कार्यक्रमका बीच बर्बुझारथ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सभापतिको आसन बाट बोल्दै निबर्तमान अध्यक्ष सुवाश जोशीले सानो आकार बाट शुरु भएको संगठन बेल्जियम मा रहेका नेपाली संगठनहरु मध्ये हाल आएर दोश्रो ठुलो संगठन हुन् पुगेको मा गर्व लागेको बताउदै नवनिर्वाचित समिति लाई बधाई तथा शुभकामना थिए र  आगामी दिनहरुमा संगठन ले गर्ने हरेक रचनात्मक कार्यहरुमा आफ्नो सहयोग सदैव रहने बताए । नवनिर्वाचित अध्यक्ष सीता सापकोटा ले नेपाली जनसम्पर्क समिति बेल्जियम संसारका समिति हरुको तुलनामा एउटा उदारणीय संस्थाको रुपमा परिचित गरेकोमा अग्रज हरुलाई बिशेष सम्मान सहितको धन्यवाद बाद दिदै निबर्तमान नेतृत्व को सफल कार्य कुशलता को समेत प्रसंशा समेत गरिन । उनले आफ्नो कार्यकालमा संगठन को बृहत्तर हितको निमित्त कार्य गर्ने योजना रहेको बताउदै सबैको सहयोग, सल्लाह र  सुझावको अपेक्षा राखेको बताईन ।  नेजस बेल्जियमका संस्थापक अध्यक्ष ध्रुबराज पौडेल ले हिजो आफूले संगठन विस्तार गर्दाको समय र आज संगठनको बिकाशमा धेरै सफलता प्राप्त गरेको मा खुशी व्यक्त गर्दै सबै बेल्जियममा रहेका काग्रेसीजन एउटै आगनमा रहनु नै संगठन को कुशल नेतृत्व को परिचय रहेको बताउदै शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी पुर्व अध्यक्ष तथा चौथो अधिवेशन अन्तर्गत निर्वाचन अधिकृत ईन्द्र क्षेत्री पकवान ले सबै लाई मिलाएर लान सक्नु नै निबर्तमान कार्यसमिति को महान कार्य रहेको बताउदै भोलिका दिन हरुमा पनि सबैको मनोभावना लाई बुझी संगठनको हितका हातेमालो गर्दै लान सकेमा संगठन अझै मजबुत हुने कुरा बताउदै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । पुर्व अध्यक्ष तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम ले मन्तव्यको क्रममा सम्पूर्ण नवनिर्वाचित साथीहरुलाई बधाई दिदै जनसम्पर्क समिति स्थापना कालदेखि नै संगठन बिस्तारको क्रममा लागी परेको अवगत गराए र आगामी दिनहरुमा संस्था को बिकाश तथा सकारात्मक कार्यहरुमा हातेमालो गर्ने बताए । हाल बेलायतमा बसोवास गर्दै आउनु भएका नेजस बेल्जियमका संस्थापक सल्लाहकार शेखर कडेल ले आफ्नो अतिथिको आसन बाट बोल्दै संस्थाको प्रगतिबारे प्रसंसा गर्दै भर्खर निर्वाचित भएको नेतृत्व लाई बधाई तथा शुभकामना दिएका थिए । नेजस पुर्व सल्लाहकार तथा चौथो अधिवेशन अन्तर्गत निर्वाचन समिति का सचिव झलक के सी ले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबै अग्रज तथा निबर्तमान समिति लाई बिशेष धन्यबाद तथा नव निर्वाचित समिति लाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
    कार्यक्रममा निर्वार्तामान कोषाध्यक्ष दिनेश भण्डारीले नवनिर्वाचित कोषाध्यक्ष बिराट जोशी लाई संस्थाको आर्थिक हिसाव किताव बारेको खाता हस्तान्तरण गरेका थिए भने निवर्तमान महामन्त्री चिनिया दुवाल ले सस्थाको माईनेटिङ बुक तथा सस्थाको बिभिन्न दस्तावेज नव निर्वाचित महामन्त्री दिनेश भण्डारी लाई हस्तान्तरण गरेका थिए ।
     नेपाली जनसम्पर्क समिति बेल्जियम को चौथो अधिवेशन मार्फत निर्वाचित अध्यक्ष सीता सापकोटा लाई पद तथा गोपनियताको सपथ पुर्व अध्यक्ष तथा निर्वाचन संयोजक ईन्द्र क्षेत्री पकवान ले दिलाएका थिए भने नवनिर्वाचित अध्यक्ष ले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको  सपथ समेत दिलाएकी थिईन । उक्त कार्यक्रमको निबर्तमान महामन्त्री चिनिया दुवाल ले संचालन गरेका थिए ।
बर्बुझारथ कार्यक्रम सम्पन्न पश्चात अध्यक्ष सीता सापकोटा को अध्यक्षतामा बसेको  समितिको पहिलो बैठक ले  सदस्य पदमा बलिराम झा र माधव सापकोटा लाई  समेत मनोनित गरेको बताएको छ ।
-बिष्णु सापकोटा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts