Thursday, April 6, 2017

सन्धि संशोधन, पुनःलेखन वा पुनरावलोकनमा मतैक्यताको सहमति

काठमाडौँ, २४ चैत । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को आज यहाँ सम्पन्न तेस्रो बैठकमा दुवै मुलुकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई संशोधन, पुनरावलोकन वा पुनःलेखन के गर्ने भन्ने बारेमा मतैक्यता कायम गर्न सहमति जनाएको छ ।

बैठकपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली समूहका संयोजक पूर्वपराराष्ट्रमन्त्री भेषबहादुर थापाले द्विपक्षीय सम्बन्धका सबै पक्षका साथै उक्त सन्धिका सबै धारामा गहन छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सौहार्दपूर्ण वातावरणमा सम्पन्न बैठकमा हामीले सबै पक्षलाई समेटेर सबै कुरा भन्यौँ, भारतीय पक्षले ध्यानपूर्वक हाम्रा प्रस्तुति सुनेको छ ।” बैठक सकारात्मक रुपमा अघि बढेको र निर्धारित दुई वर्षभित्रै निष्कर्षमा पुगिने विश्वास संयोजक थापाले व्यक्त गर्नुभयो ।

समूहको चौथो बैठक आगामी मे २९ देखि ३१ सम्म देहरादुनमा आयोजना गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा गएर बैठक गर्ने सन्दर्भमा पनि दुवै पक्षबीच छलफल भएको संयोजक थापाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts