Friday, April 21, 2017

जस्तोसुकै अवस्थामा पनि निर्वाचन हुन्छ : मन्त्री कार्की

काठमाडौँ, ८ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जस्तोसुकै समस्या आए पनि निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित इन्जिनियर अनन्तराज घिमिरेको ‘आयो आयो माओवादी’ नामक गीति एल्बम विमोचन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले देशभर नै चुनावी माहोल बनिसकेकाले कुनै पनि हालतमा चुनाव नरोकिने बताउनुभयो ।

जनताको हकअधिकार स्थापित गर्न र अधिकार विकेन्द्रीकरणका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको भन्दै मन्त्री कार्कीले जुन पार्टीको बहुमत आए पनि आफूलाई कुनै आपत्ति नहुने धारणा राख्नुभयो ।

सरकारले मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गरेर अघि बढिरहेको उल्लेख गर्दै मन्त्री कार्कीले भन्नुभयो, “विश्वास छ, मोर्चा पनि चुनावमा आउँछ, अहिले त्यसका लागि वार्ता भइरहेको छ, आजमात्रै पनि वार्ता भएको छ, संवाद सकारात्मक दिशामै अघि बढिरहेको छ ।”

ब्लु आइज इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बजारमा आएको एल्वममा दुई गीत समावेश छन् । एल्बममा बिबी अनुरागीको सङ्गीत, स्मिता दाहालको स्वर तथा शब्द राजेश्वरी सुवेदी र मिलन अधिकारीको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts