पोखरा, ८ वैशाख । न्यायपरिषद् सचिवालयद्वारा आयोजित न्यायपरिषद् ऐन, २०७३ को प्रभावकारी कार्यान्वयनमा न्याय परिषद्को भूमिका विषयक दुई दिवसीय कार्यशाला आजदेखि पोखरामा सुरु भएको छ ।
न्यायाधीशको आचारसंहिता निर्माण र कार्यान्वयन, न्यायपरिषद् ऐनको कार्यान्वयनमा न्याय परिषद्को भूमिका, न्याय परिषद् नियमावली र न्याय सेवा आयोग नियमावलीलगायतका विषयमा कार्यपत्र प्रस्तुत भई छलफल गरिने कार्यशालामा उच्च अदालत पोखरा, बागलुङ इजलास र सोअन्तर्गतका जिल्ला न्यायाधीश र अधिकृत सहभागी छन् ।
कार्यशालाको उद्घाटन गर्दै सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले न्याय सेवालाई निष्पक्ष, भरपर्दो र प्रभावकारी बनाउनु अपरिहार्य भएको बताउनुभयो ।
न्याय सेवासँग सम्बन्धित ऐन नियम निर्माण गर्दा भावी पुस्ताले न्याय सेवाको सहज पहँुच एवम् प्रभावकारी सेवा पाउन सक्ने कुरालाई दृष्टिगत गर्नुपर्नेमा उहाँको जोड थियो ।
न्याय परिषद्का सचिव नहकुल सुवेदीले दुई दिने कार्याशालामा न्याय परिषद् ऐन, २०७३ को प्रभावकारी कार्यान्वयनमा न्याय परिषद्को भूमिकालगायतका विषयमा सहभागीबाट महत्वपूर्ण सुझाव आउने विश्वास व्यक्त गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment