Thursday, April 6, 2017

‘संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य’

नेपालगन्ज, २४ चैत । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस, बाँके जिल्ला सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दे उहाँले भन्नुभयो — “विकास र समृद्धिका लागि राजनीतिक स्थिरता पहिलो प्राथमिकता भएकाले त्यसका लागि निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ ।”

महामन्त्री कोइरालाले संविधान संशोधन प्रक्रियागत विषय भएकाले यसैका आधारमा निर्वाचन रोकिन सक्दैन भन्दै जनताको अभिमत लिएर राजनीतिक उचाई बनाउने हिम्मत गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

“निर्वाचनबाट पछि हट्ने दलप्रति जनताको विश्वास कम हुँदै जान्छ, त्यसैले जनताको मन जितेर गरिने राजनीतिले नै लोकतन्त्रलाई बलियो बनाउन सक्छ”– उहाँले भन्नुभयो ।

काँग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा केन्द्रीय सदस्य धनराज गुरुङ, सांसदद्वय बादशाह कुर्मी र सञ्जय गौतम तथा पूर्वजिल्ला सभापति युवराज शर्माले काँग्रेस एकजुट भएमा कसैले निर्वाचनमा पराजित गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts