काठमाडौँ, २८ चैत । भारतीय जनता पार्टीका नेता विजय जोलीले सबै दलको सहमतिमै स्थानीय तहको निर्वाचन गर्न सुझाव दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्र मजबुद बनाउन चुनाव अपरिहार्य भएको र त्यसको लागि राजनीतिक दलहरुबीचको सहमति आवश्यक भएको बताउनुभयो ।
नेता जोलीले भन्नुभयो, “आगामी दिनमा नेपाल–भारत सम्बन्ध आपसी समझदारी र विश्वासका आधारमा अघि बढ्छ ।” उहाँले दुई देशबीचको सम्बन्ध पछिल्ला दिनमा अत्यन्तै सुमधुर हुँदै गएको बताउनुभयो । रासस
No comments:
Post a Comment